नेपाली कांग्रेसको सभापति उदमा उम्मेदवारी दिन ४० हजार रुपैयाँ शुल्क, उपसभापति र महामन्त्रीका लागि ३० हजार


काठमाडौँ । नेपाली कांग्रेसको सभापति उदमा उम्मेदवारी दिन ४० हजार रुपैयाँ शुल्क तय भएको छ ।

केन्द्रीय निर्वाचन समितिले सभापतिदेखि केन्द्रीय सदस्यसम्म उम्मेदवारी दिनका लागि शुल्क निर्धारण गरेको हो । खुला मञ्चमा जारी १५ औं महाधिवेशनमा आजैदेखि निर्वाचन कार्यक्रम सुरू हुँदैछ ।

यस्तै उपसभापति र महामन्त्री पदका लागि ३० हजार रूपैयाँ र सहमहामन्त्री पदका लागि २० हजार रूपैयाँ शुल्क तोकिएको छ । केन्द्रीय सदस्य पदका लागि ११ हजार रूपैयाँ शुल्क निर्धारण गरिएको छ । मनोनयन दर्ता भने भोलि बिहानदेखि सुरू हुने कार्यक्रम छ ।

सभापति पदका लागि १० जना प्रस्ताव र १० जना समर्थक अनिवार्य हुनुपर्ने छ ।

उपसभापति र महामन्त्री पदका लागि ७/७ जना प्रस्तावक र समर्थक, सहमहामन्त्री पदका लागि ५/५ जना प्रस्तावक र समर्थक अनिवार्य गरिएको छ । केन्द्रीय सदस्य पदका ३/३ जना प्रस्तावक र समर्थक मनोनयनपत्रमा अनिवार्य रूपमा उल्लेख गर्नुपर्ने व्यवस्था छ।