काठमाडौँ । नेपाल पोल एसोसिएसनको अध्यक्षमा किशोर प्रधान दोहारिएका छन् ।
काठमाडौँमा आइतबार भएको नवौ साधारण सभाले प्रधानलाई फेरि सर्वसम्मतरूपमा अध्यक्ष चयन गरेको हो ।
एसोसिएसनको वरिष्ठ उपाध्यक्षमा रामकृष्ण उप्रेती, महासचिवमा विजयकुमार दुगड, कोषाअध्यक्षमा अम्बुप्रसाद श्रेष्ठ चयन भएका छन् । यस्तै कार्य समिति सदस्यमा बेगनाथ कँडेल, रामेश प्रसाद भट्टराई, मोहनबहादुर कटुवाल चयन भएका छन् ।
एसोसिएसनमा भानुभक्त शर्मा चयन भएका छन् । देशभर पोल उत्पादन गर्ने उद्योगहरूको संस्था हो । देशभर ४७ ओटा पोल उत्पादन उद्योग रहेका छन् । कार्यसमिति सर्वसम्मतरूपमा चयन गरिएको अध्यक्ष प्रधानले जानकारी दिए ।


प्रतिक्रिया दिनुहोस्