काठमाडाैँ । नेकपा (एमाले) का वरिष्ठ नेताको जिम्मेवारीमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी नियुक्त भएकी छिन् । पार्टीको स्थायी कमिटी बैठकका क्रममा आज अध्यक्ष केपी शर्मा ओलीले भण्डारीलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन् ।
यस शपथसँगै पूर्वराष्ट्रपति भण्डारीको औपचारिक रूपमा एमालेको सक्रिय राजनीतिमा पुनरागमन भएको छ । पार्टीका अध्यक्ष केपी शर्मा ओलीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई वरिष्ठ उपाध्यक्षको पद तथा गोपनीयताको शपथ ग्रहण गराएसँगै उनी औपचारिक रूपमा जिम्मेवारीमा पुगेकी हुन् ।
भण्डारी यसअघि राष्ट्रपति पदमा रहँदा दलीय राजनीतिबाट अलग रहेकी थिइन् । उनको कार्यकाल सकिएपछि राजनीतिक वृत्तमा आगामी भुमिकाबारे विभिन्न चर्चा हुँदै आएको थियो ।
अन्ततः एमालेको उच्च तहमा उनको जिम्मेवारी तोकिएसँगै पार्टीभित्रको शक्ति समीकरणमा समेत यसलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।


प्रतिक्रिया दिनुहोस्