काठमाडाैँ । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले हुलाक सेवालाई आधुनिक, प्रभावकारी र जनमुखी संस्थाका रूपमा विकास गर्न सरकार प्रतिवद्ध रहेको बताएका छन् ।
हुलाक सेवा विभागको आर्थिक वर्ष २०८२/८३ को वार्षिक समीक्षा कार्यक्रममा उनले हुलाक सेवाको क्षमता अभिवृद्धि र संस्थागत सुधारलाई सरकारले प्राथमिकतामा राखेको बताएका हुन् ।
उनले हुलाक सेवालाई बदलिँदो परिवेश अनुसार परिरिष्कृत गर्दै लैजान आवश्यक रहेको बताए । सरकारले हुलाक कार्यालयमार्फत घरघरमा राहदानी पु¥याउने तथा अन्य सामग्रीको वितरण गर्न थालेपछि हुलाक सेवाको थप महत्व बढेको उनको भनाइ छ ।
उनले हुलाक सेवामा रहेका समस्याहरुलाई समाधान गर्दै जाने बताए । बजेट र प्रविधिसम्बन्धी सिमितताका कारण एकैपटक सबै क्षेत्रमा सुधार गर्न सम्भव नभएपनि क्रमशः उपलब्ध स्रोतसाधनको अधिकतम उपयोग गरेर सेवालाई सहज बनाउनुपर्नेमा जोड दिए ।
हुलाक सेवालाई प्रभावकारी बनाउन कर्मचारीदेखि नेतृत्व तहसम्म सबैले जिम्मेवारीपूर्वक काम गर्नुपर्ने उनको भनाइ छ । संस्थाको सुधारमा मन्त्रालय र समग्र सरकार सकारात्मक रहेको उनले बताए ।
उनले हुलाकलाई आवश्यक सवारी खरिद प्रक्रियालाई अगाडी बढाउने पनि जानकारी दिए । साथै हुलाकमा रहेका अतिरिक्त कर्मचारीको बारेमा आवश्यक निर्णय गर्ने उनको भनाइ छ । उनले आगामी दिनमा हुलाक सेवालाई दुई सिफ्टमा संचालन गर्नेगरि अध्ययन गर्ने बताए ।


प्रतिक्रिया दिनुहोस्