प्रस्तावित राजदुत डा. झाको योग्यता र कार्यक्षमतामाथि सत्तारुढ सांसदको प्रश्नै प्रश्न


काठमाडाैँ । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मधुकुमार चौलागाईंले श्रीलंकाका लागि प्रस्तावित नेपाली राजदुत डा. मञ्चलाकुमारी झालाको कार्यषमतामाथि प्रश्न उठाएका हुन् ।

संसदीय सुनुवाईका क्रममा चौलागाईंले उनको कुटनीतिक अनुभव विगतको कार्यसम्पादन र प्रश्तावित नियुक्तिमाथि प्रश्न उठाएका हुन् । सांसद चौलागाईंले डा. झाको प्राज्ञिक पृष्ठभूमि र सत्य निरुपण तथा मेलमिलाप आयोगको कार्यकाललाई लिएर असन्तुष्टि व्यक्त गर्दै कुटनीतिक क्षमतामाथि प्रश्न खडा गरे ।

सांसद चौलागाईंले प्रस्तावित राजदुत झाको बुद्ध सर्किट र नेपाल–श्रीलंकाबिचको कुटनीतिक सम्बन्ध विस्तारको योजनाबारे स्पष्ट जवाफ माग गरे । उनले डा. झाको कार्यक्षेत्र मिथिला संस्कृतिमा मात्रै सिमित रहेको भन्दै समग्र बुद्ध कला र नेपालका अन्य महत्वपूर्ण धार्मिक क्षेत्रहरूलाई समेट्न नसकेको आरोप लगाए ।

सांसद चौलागाईंले कुटनीतिक अनुभवको अभावलाई मुख्य चुनौतीका रूपमा औंल्याउँदै भारत र चीनको प्रभाव रहेको श्रीलंका जस्तो संवेदनशील मुलुकमा उहाँले कसरी राष्ट्रिय हित रक्षा गर्न सक्छिन् भनी जिज्ञासा राखे । उनले राजदुत नियुक्तिसम्बन्धी निर्देशिकाको मापदण्ड र समावेशिताको नाममा गरिएका नियुक्तिको औचित्यमाथि समेत प्रश्न गरिन् । 

यसका साथै, सन् २०१५ देखि २०१९ सम्म सत्य निरुपण तथा मेलमिलाप आयोगमा रहँदा उनले द्वन्द्वपीडितहरूलाई न्याय दिन नसकेको र मुद्दाहरू अलपत्र पारेको भन्दै सांसद चौलागाईंले उनको कार्यसम्पादनमाथि टिप्पणी गरे ।

उनले भने, “विगतमा द्वन्द्व व्यवस्थापनमा असफल देखिएको व्यक्तिले संवेदनशील संवैधानिक वा कुटनीतिक निकायमा कसरी अपेक्षित परिणाम दिन सक्छ ?”

सार्क र बिमस्टेकको मञ्च प्रयोग गरेर क्षेत्रीय हित प्रवद्र्धन गर्ने तथा लुम्बिनी–श्रीलंकाबिचको धार्मिक पर्यटन र हवाई उडानलाई अगाडि बढाउने ठोस कार्ययोजना पेश गर्न सांसद चौलागाईंले डा. झालाई चुनौती दिए ।