काठमाडौँ । एनआरएन इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट लिमिटेडले दुई आयोजना र एक कम्पनीमा १ अर्ब २९ करोड ९७ लाख ५० हजार रुपैयाँ लगानी गर्ने भएको छ ।
कम्पनीले ६३ मेगावाट क्षमताको छुजुङ खोला र ७० मेगावाटको दुधकोसी -२ जलविद्युत आयोजना र मोरङको अन्पूर्ण राठी केबल्स इन्डस्ट्रिजमा १ अर्ब २९ करोड ९७ लाख ५० हजार रुपैयाँ लगानी गर्ने भएको हो ।
हिजो बसेको सञ्चालक समिति बैठकले दुधकोसी हाइड्रोपावर नेपालले प्रवर्धन गरेको दुधकोसी-२ जलविद्युत आयोजनामा १ अर्ब, सांग्रिला उर्जा लिमिटेडले प्रवर्धन गरेको छुजुङ खोला जलविद्युत आयोजनामा २० करोड र अन्तपूर्ण राठी केबल्स इन्डस्ट्रिजमा ९ करोड ९७ लाख ५० हजार रुपैयाँ लगानी गर्ने निर्णय गरको सिइओ निरन्जन फुयालले जानकारी गराएका छन् ।
एनआरएन इन्फ्रास्ट्रक्चर डेभलपमेन्टद्वारा १ अर्ब २९ करोड लगानी गर्ने निर्णय, दुधकोसी -२ मा एक अर्ब


प्रतिक्रिया दिनुहोस्