काठमाडौँ । रसुवाको भोटेकोशीमा आएको बाढीपछि विपद् व्यवस्थापन तथा राहतका लागि आर्थिक सहयोग जुट्ने क्रम जारी रहँदा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषसहित प्रधानमन्त्री राहत कोषका विभिन्न खातामा कुल १७ अर्ब ७५ करोड ७५ लाख रुपैयाँभन्दा बढी मौज्दात रहेको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार, कोषका विभिन्न खातामा आजसम्म १७ अर्ब ७५ करोड ७५ लाख ३८ हजार २९३ रुपैयाँ मौज्दात पुगेको हो। विपद्का बेला राहत तथा उद्धारका लागि प्राप्त सहयोगले कोषमा रकम थपिने क्रम जारी रहेको कार्यालयले जनाएको छ।
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषको विभिन्न नौवटा वाणिज्य बैंकमा रहेका खातामा १३ अर्ब २३ करोड ११ लाख ५३ हजार ८९७ रुपैयाँ मौज्दात रहेको छ। त्यस्तै, हिमालयन बैंक र लक्ष्मी सनराइज बैंकमा रहेका खातामा २ करोड ९७ लाख ४७ हजार ५३२ अमेरिकी डलर जम्मा भएको छ।


प्रतिक्रिया दिनुहोस्