२१ अंकले बढ्यो नेप्से परिसूचक, ४ अर्ब १३ करोड रूपैयाँभन्दा बढीको कारोबार


काठमाडौँ । साताको कारोबारको तेस्रो दिन सेयरबजार दोहोरो अंकले बढेको छ । नेपाल स्टक एक्सचेन्जकाअनुसार बुधबार सेयर मापक सूचक नेप्से परिसूचक २१.३२ अंकले बढेर २५२१.२६ अंकमा पुगेको छ ।

आज नेप्सेका कारोबार भएका कुल १३ ओटै उपसमहुको सेयरमूल्य बढेको छ ।

बुधबार नेप्सेमा कुमारी बैंकको सबैभन्दा धेरै कारोबार भएको थियो । कम्पनीको २६ करोड ४६ लाख ४५ हजार रूपैयाँभन्दा बढीको कारोबार भएको नेप्सेले जनाएको छ ।

आजको दिन नेप्सेमा १०.७५ प्रतिशत एसबिएल डिबेञ्चर २०८९ का लगानीकर्ताहरूले सबैभन्दा बढी कमाएका छन् । कम्पनीको सेयरमूल्य १३.२१ प्रतिशतले बढेको छ ।

यस्तै, सगरमाथा जलविद्युत् कम्पनी लगानीकर्ताहरूले सबैभन्दा बढी गुमाएका छन् । यस कम्पनीको सेयरमूल्य ६.३२ प्रतिशतले घटेको छ ।

कुल ३५४ कम्पनीको एक करोड १६ लाख ७४ हजार २०९ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब १३ करोड ६१ लाख ६१ हजार रूपैयाँभन्दा बढीको सेयर कारोबार भएको नेप्सेले जनाएको छ ।