पोखरा । माछापुच्छ्रे बैंक लिमिटेडको २८औँ वार्षिक साधारणसभाबाट चार जना सञ्चालक निर्विरोध निर्वाचित भएका छन् ।
साधारणसभाबाट रोशन केसी, मुकुन्द महत, विश्व प्रकाश गौतम तथा कृति महतो सञ्चालक पदमा निर्विरोध निर्वाचित भएका हुन् ।
त्यस्तै, साधारणसभापछि आजै बसेको बैंकको सञ्चालक समितिको पहिलो बैठकले सञ्चालक रोशन केसीलाई सर्वसम्मत रूपमा सञ्चालक समितिको अध्यक्ष चयन गरेको छ । केसी यसअघि पनि अध्यक्ष थिए ।
बैंकको संस्थागत सुशासन, व्यवसाय विस्तार, नवीन बैंकिङ सेवा तथा सेयरधनीको हित प्रवर्धनमा नवनिर्वाचित नेतृत्वले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बैंकले विश्वास व्यक्त गरेको छ ।
साधारण सभाले बैंकको आर्थिक वर्ष २०८२/८३ को बार्षिक प्रतिबेदन पारित गर्नुका साथै आर्थिक वर्ष २०८२/८३ को खुद मुनाफाबाट आफ्ना सेयरधनीहरूलाई चुक्ता पुँजीको ३ प्रतिशत बोनस सेयर र ३ प्रतिशत नगद लाभांश (कर सहित) गरी कुल ६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।
बोनस सेयर वितरण पश्चात बैंकको कुल साधारण चुक्ता पुँजी रु. १२ अर्ब ४५ करोड पुग्नेछ भने अग्राधिकार सेयर सहित बैंकको चुक्ता पुँजी रु. १५ अर्ब ४५ करोड पुग्नेछ ।


प्रतिक्रिया दिनुहोस्