११ सय रूपैयाँले घट्यो सुनको मूल्य


काठमाडौँ । विहीबार छापावाल सुनको मूल्य तोलामा एक हजार १०० रूपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला २ लाख ८९ हजार ५०० रूपैयाँ रहेको छापावाल सुनको मूल्य विहीबार २ लाख ८८ हजार ४०० रूपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै, चाँदीको मूल्य प्रतितोला २२० रूपैयाँले घटेर ४ हजार ३५ रूपैयाँ कायम भएको छ ।