कृषि यान्त्रीकरण प्रवर्धनमा प्रदेश सरकार सक्रिय, प्रदर्शनीमा सहभागी हुन सिन्धुली कृषि कार्यालयको आव्हान


काठमाडौं । कृषि विकास कार्यालय, सिन्धुलीले काठमाडौंमा आयोजना हुन गइरहेको अन्तर्राष्ट्रिय कृषि यान्त्रीकीकरण प्रदर्शनीमा सहभागी हुन किसान, कृषि उद्यमी, कृषि सहकारी तथा अन्य सरोकारवालालाई आह्वान गरेको छ।

कार्यालयले मंगलबार सूचना जारी गर्दै कृषि यन्त्र, उपकरण तथा प्रविधिबारे जानकारी लिन र प्रदर्शनीमा सहभागी हुन आग्रह गरेको हो । बागमती प्रदेश कृषि, पशुपन्छी, वन तथा वातावरण मन्त्रालय मातहतको कार्यालय सिन्धुलीले प्रदर्शनीमा सहभागी भएर लाभ लिन सरोकारवालालाइ आव्हान गरेको हो ।

प्रदर्शनीमा किसान, कृषि उद्यमी, कृषि सहकारी तथा अन्य सरोकारवालाको सहभागिताका लागि कार्यालयले सूचना प्रकाशित गरेको हो। प्रदर्शनीमा कृषि यन्त्र, उपकरण तथा प्रविधिको प्रदर्शनका लागि स्टलसमेत उपलब्ध रहेको कार्यालयले जनाएको छ।

कृषि विभाग अन्तर्गतको कृषि पूर्वाधार विकास तथा कृषि यान्त्रीकरण प्रवर्द्धन केन्द्र र नेपाल कृषि मेशिनरी व्यवसायी संघ, बागमती प्रदेश सरकारको कृषि, पशुपन्छी, वन तथा वातावरण मन्त्रालयको सहआयोजना काठमाडौंस्थित भृकुटीमण्डप प्रदर्शनी हलमा कात्तिक ४ गतेदेखि ६ गतेसम्म अन्तर्राष्ट्रिय कृषि यान्त्रिकीकरण प्रदर्शनी–२०८३ आयोजना हुँदैछ ।

कार्यालयका अनुसार प्रदर्शनीले किसान तथा कृषि उद्यमीलाई आधुनिक कृषि प्रविधि र उपकरणबारे जानकारी लिन तथा कृषि यान्त्रिकीकरणसम्बन्धी नवीनतम प्रविधिसँग परिचित हुन अवसर प्रदान गर्ने भएकाले संघ, प्रदेश र स्थानीय सहकारले अन्तर्राष्ट्रिय मेलामा किसान तथा सरोकारवालाको सहभागिता बढाउन भूमिका खेलिरहेका छन् ।

यसअघि रामेछापका व्यावसायिक कृषकलाई आधुनिक कृषि प्रविधि, यन्त्र तथा उपकरणको प्रयोगबारे जानकारी गराउने उद्देश्यले कृषि तथा पशुपन्छी विकास कार्यालय रामेछापले अन्तर्राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनी–२०८३ मा सहभागी हुन इच्छुक कृषकसँग आवेदन माग गर्दै प्रदर्शनीमा सहभागी हुन यात्रा खर्च व्यहोर्ने सूचना जारी गरी गरिसकेको छ ।

संघीय सरकार र प्रदेश सरकारबाट यान्त्रिकरण प्रवर्धनमा खेलेको भूमिका प्रति संघले खुशी व्यक्त गरेको छ । संघकी उपाध्यक्ष सुनिता न्हेमाफुकीले तीनै तहका सरकारको प्रत्यक्ष सहयोग र संलग्नतामा हुने प्रदर्शनीले नेपालको कृषि यान्त्रिकरणमा नयाँ कोशेढुङ्गा हुने बताइन् ।

‘कृषिमा यन्त्र र प्रविधि स् कृषक र राष्ट्रको समृद्धि’ भन्ने मूल नाराका साथ प्रदर्शनी आगामी मंसिर ४ देखि ६ गतेसम्म ९नोभेम्बर २० देखि २२, २०२६० सञ्चालन हुनेछ। प्रदर्शनी बिहान १० बजेदेखि साँझ ५ बजेसम्म सञ्चालन हुनेछ। प्रदर्शनीमार्फत किसान, कृषि उद्यमी तथा व्यवसायीलाई आधुनिक कृषि यन्त्र, उपकरण र नवीनतम प्रविधिबारे जानकारी उपलब्ध गराइनेछ। यसले कृषि उत्पादनलाई आधुनिक, व्यावसायिक र प्रतिस्पर्धी बनाउन तथा कृषि यान्त्रीकरणको प्रयोग विस्तार गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ। 

कृषि विभाग अन्तर्गतको कृषि पूर्वाधार विकास तथा कृषि यान्त्रीकरण प्रवर्द्धन केन्द्र र नेपाल कृषि मेशिनरी व्यवसायी संघको संयुक्त आयोजनामा हुने प्रदर्शनीमा बागमती प्रदेश सरकारको कृषि, पशुपन्छी, वन तथा वातावरण मन्त्रालय सहआयोजक रहनेछ। नेपाल कृषि अनुसन्धान परिषद् ९नार्क० अन्तर्गतको राष्ट्रिय कृषि इन्जिनियरिङ अनुसन्धान केन्द्र, नेपाल उद्योग वाणिज्य महासंघ अन्तर्गतको कृषि उद्यम केन्द्र तथा गाउँपालिका राष्ट्रिय महासंघ नेपाल, आर एण्ड डी सोलुसन प्रा। लि र कृषि विकास बैंक लिमिटेड सहयोगी संस्थाका रूपमा सहभागी हुँदैछन् ।

विसं २०७१ मा स्थापना भएको नेपाल कृषि मेशिनरी व्यवसायी संघ कृषि यान्त्रीकरण तथा प्रविधि व्यवसायीहरूको छाता संस्था हो। संघले कृषि क्षेत्रमा कार्यरत व्यवसायी तथा उद्यमीका समस्या समाधान, प्रविधिको प्रवर्द्धन र सदस्यहरूको क्षमता अभिवृद्धिका लागि काम गर्दै आएको छ।