काठमाडौँ। प्रधानमन्त्री कार्यालयको निर्देशन भन्दै जलस्रोत तथा सिंचाइ विभागका महानिर्देशक दिनेश रजौरिया र सुनकोसी-मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाका निर्देशक कृष्णप्रसाद रिजाल प्रहरी नियन्त्रणमा लिएकाे छ ।
सिंचाइ विभाग स्राेतअनुसार महानिर्देशक रजौरियालाई सिरहा र रिजाललाई सिन्धुलीबाट नियन्त्रणमा लिइएको हो। नियन्त्रणमा लिइएका दुवै अधिकारीलाई भने प्रहरी हिरासतमा नराखी सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा बुझाइएको छ।
स्रोतका अनुसार सुनकोसी-मरिण डाइभर्सन आयोजनाको ठेक्का प्रक्रियासँग सम्बन्धित विषयमा उनीहरूलाई नियन्त्रणमा लिइएको हुनसक्ने अनुमान गरिएको छ।
सुनकोसी-मरिण डाइभर्सन आयोजनाको ठेक्का प्रक्रिया रोक्न प्रकृया रोक्न प्रधानमन्त्रीको सचिवालयले दबाब दिए पनि महानिर्देशक रजौरेले प्रक्रियाअनुसार अगाडि बढेकाले नमिल्ने बताएको स्रोतहरूको दाबी छ ।
उक्त आयोजनाको ठेक्का प्रक्रिया पटक–पटक अघि बढ्ने र रद्द हुने हुँदै आएको छ। यद्यपि, दुवै अधिकारीलाई नियन्त्रणमा लिनुको आधिकारिक कारण भने सार्वजनिक भइसकेको छैन।
सिंचाइ विभागका अधिकारीहरूले यसलाई पासपोर्ट काण्डको अर्को शैली भनेका छन् । पासपोर्ट ठेक्का प्रकरणमा प्रधानमन्त्री कार्यालयको सचिवालयले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पदाधिकारी र परराष्ट्र मन्त्रालयका अधिकारीलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको कार्यालयमै राखेर ठे्क्का खारेज गर्न दबाब दिएको थियो । पछि यस विषयमा तत्काली मुद्दा समेत विशेष अदालत लगिएको थियो ।
सिंचाइ विभागमा महेश्वर श्रेष्ठलाई महानिर्देशक बनाएर पठाएको ४९ दिनमै मन्त्रालय फिर्ता बोलाएर रजौरेलाई महानिर्देशक बनाइएको थियो ।
खुल्ला प्रतिस्प्रधाबाट आएका श्रेष्ठलाई तत्कालै फिर्ता बोलाइएको थियो । उच्च स्रोतहरूका अनुसार मन्त्रालय फिर्ता बोलाइएका तत्कालीन महानिर्देशक श्रेष्ठसहितको समूहलाई अपमानजनक ढङ्गले मन्त्रालयमा राखिएको छ ।


प्रतिक्रिया दिनुहोस्