काठमाडौँ । काठमाडौँ महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले ‘काठमाडौं फिल्म फेस्टिभल’ले काठमाडौं उपत्यकाको कला, संस्कृति तथा सम्पदाको संरक्षण र प्रवद्र्धनमा टेवा पु¥याउने विश्वास व्यक्त गरेकी छिन् ।
चलचित्र महोत्सवको तेस्रो दिन आईतवार राष्ट्रिय सभा गृहमा आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो विश्वास व्यक्त गरेकी हुन् । उनले फिल्म महोत्सवले स्थानीय सिर्जनात्मक क्षेत्रको विकाससँगै पर्यटन प्रवद्र्धनमा समेत योगदान पु¥याउने बताइन् ।
उनले महोत्सवमार्फत काठमाडौँका मौलिक कथा, कला र संस्कृतिलाई अन्तर्राष्ट्रियस्तरमा पु¥याउन सहयोग पुग्ने विश्वास समेत व्यक्त गरिन् ।
जीवन्त र समृद्ध शहर निर्माणका लागि कला, संस्कृति, सम्पदाको संरक्षण र सिर्जनात्मक क्षेत्रको विकास आवश्यक रहेको उनको भनाइ छ ।
डंगोलले सिर्जनात्मक क्षेत्रको विकासका लागि महानगरले विभिन्न प्रयास गर्दै आएको उल्लेख गर्दै फिल्म फेस्टिभल समेत त्यसैको निरन्तरताको रुपमा लिएको बताइन् ।
स्थानीय कलाकार तथा पेशाकर्मीलाई अन्तर्राष्ट्रिय मञ्चसम्म पहुँच विकास गर्न फिल्म फेस्टिभलको आयोजना गरेको उनको भनाइ छ ।


प्रतिक्रिया दिनुहोस्