काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।
आज अमेरिकी डलर एकको खरिददर १४९ रुपैयाँ ६१ पैसा र बिक्रीदर १५० रुपैयाँ २१, युरोपियन युरो एकको खरिददर १६६ रुपैयाँ ६४ पैसा र बिक्रीदर १६७ रुपैयाँ ३० पैसा, बेलायती पाउन्ड स्टर्लिङ एकको खरिददर १९९ रुपैयाँ ३६ पैसा र बिक्रीदर २०० रुपैयाँ १६ पैसा अस्ट्रेलियन डलर एकको खरिददर १०२ रुपैयाँ ७४ पैसा र बिक्रीदर १०३ रुपैयाँ १५ पैसा निर्धारण गरेको छ ।
जापानी येन १० को खरिददर नौ रुपैयाँ ४१ पैसा र बिक्रीदर नौ रुपैयाँ ४५ पैसा, चिनियाँ युआन एकको खरिददर २२ रुपैयाँ ४३ पैसा र बिक्रीदर २२ रुपैयाँ ५२ पैसा तथा साउदी अरेबियन रियाल एकको खरिददर ३९ रुपैयाँ ८६ पैसा र बिक्रीदर ४० रुपैयाँ दुई पैसा तोकिएको छ ।
कतारी रियाल एकको खरिददर ४१ रुपैयाँ पाँच पैसा र बिक्रीदर ४१ रुपैयाँ २१ पैसा, थाई भाट एकको खरिददर चार रुपैयाँ ४५ पैसा र बिक्रीदर चार रुपैयाँ ४६ पैसा तथा यूएई दिराम एकको खरिददर ४० रुपैयाँ ७३ पैसा र बिक्रीदर ४० रुपैयाँ ९० पैसा तोकिएको छ ।
मलेसियन रिङ्गेट एकको खरिददर ३६ रुपैयाँ ७३ पैसा र बिक्रीदर ३६ रुपैयाँ ८७ पैसा, दक्षिण कोरियन वन १०० को खरिददर ११ रुपैयाँ २३ पैसा र बिक्रीदर ११ रुपैयाँ २७ पैसा तथा स्विडिस क्रोनर एकको खरिददर १५ रुपैयाँ आठ पैसा र बिक्रीदर १५ रुपैयाँ १४ पैसा कायम गरिएको छ ।
कुवेती दिनार एकको खरिददर ४८५ रुपैयाँ ३५ पैसा र बिक्रीदर ४८७ रुपैयाँ ३० पैसा, बहराइन दिनार एकको खरिददर ३९६ रुपैयाँ ६९ पैसा र बिक्रीदर ३९८ रुपैयाँ २८ पैसा तथा ओमानी रियाल एकको खरिददर ३८८ रुपैयाँ ५८ पैसा र बिक्रीदर ३९० रुपैयाँ १४ पैसा विनिमयदर निर्धारण गरिएको राष्ट्र बैंकले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्