काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर तय गरेको छ ।
राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५० रूपैयाँ ४९ पैसा र बिक्रीदर १५१ रूपैयाँ ०९ पैसा, युरोपियन युरो एकको खरिददर १६५ रूपैयाँ ८८ पैसा र बिक्रीदर १६६ रूपैयाँ ५४ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर १९८ रूपैयाँ ९० पैसा र बिक्रीदर १९९ रूपैयाँ ६९ पैसा छ ।
यस्तै जापानी येन १० को खरिददर नौ रूपैयाँ ४२ पैसा र बिक्रीदर नौ रूपैयाँ ४६ पैसा, चिनियाँ युआन एकको खरिददर २२ रूपैयाँ ५६ पैसा र बिक्रीदर २२ रूपैयाँ ६५ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ४० रूपैयाँ १० पैसा र बिक्रीदर ४० रूपैयाँ २६ पैसा, कतारी रियाल एकको खरिददर ४१ रूपैयाँ ३० पैसा र बिक्रीदर ४१ रूपैयाँ ४७ पैसा विनियमदर कायम भएको छ ।
यस्तै युएई दिराम एकको खरिददर ४० रूपैयाँ ९७ पैसा र बिक्रीदर ४१ रूपैयाँ १४ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३६ रूपैयाँ ८२ पैसा र बिक्रीदर ३६ रूपैयाँ ९६ पैसा, कुवेती दिनार एकको खरिददर ४८७ रूपैयाँ ६५ पैसा र बिक्रीदर ४८९ रूपैयाँ ६० पैसा, बहराइन दिनार एकको खरिददर ३९९ रूपैयाँ ०७ पैसा बिक्रीदर ४०० रूपैयाँ ६६ पैसा, ओमनी रियाल एकको खरिददर ३९० रूपैयाँ ८७ पैसा र बिक्रीदर ३९२ रूपैयाँ ४३ पैसा बिनिमयदर निर्धारण गरिएको राष्ट्र बैंकले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्