काठमाडौँ । मकवानपुरको भीमफेदी गाउँपालिका–१ भैँसेस्थित हेटौँडा–भैँसे सडकखण्डमा आज बिहान यात्रुवाहक सुमो जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । सात जना घाइते भएका छन् ।
रौतहटको चन्द्रनिगाहपुरबाट काठमाडौंतर्फ आउँदै गरेको ना.१ ज २१४३ नम्बरको सुमो जिप बिहान साढे ८ बजेतिर घुम्तीमा अनियन्त्रित भई सडकबाट भैँसे खोलामा खसेको हो ।
दुर्घटनामा चालकसहित १० जना घाइते भएका थिए । घाइतेहरूलाई प्रहरीले तत्काल उद्धार गरी उपचारका लागि हेटौँडा अस्पताल पु¥याएकोमा चिकित्सकले तीन जनालाई मृत घोषणा गरेका हुन् ।
घटनामा घाइते भएका अन्य सात जनाको हेटौँडा अस्पतालमा उपचार भइरहेको छ। दुर्घटनाको कारणबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।


प्रतिक्रिया दिनुहोस्