काठमाडौँ । नेपाल सरकार, युवा, श्रम तथा रोजगार मन्त्रालय र नेपाल उद्योग वाणिज्य महासंघको संयुक्त आयोजनामा छ वटा प्रदेशमा ‘सीप तथा रोजगार मेला, २०८३’ सञ्चालन हुने भएको छ ।
रोजगार खोजकर्ता र रोजगारदाताबिच प्रत्यक्ष सम्पर्क स्थापित गरी रोजगारीको अवसर सिर्जना गर्ने तथा उद्योग व्यवसायको वास्तविक जनशक्ति आवश्यकताअनुसार दक्ष जनशक्ति विकास गर्ने उद्देश्यले रोजगार मेला सञ्चालन गर्न लागिएको महासङ्घले जनाएको छ ।
बिहिबार मन्त्रालयमा युवा, श्रम तथा रोजगार मन्त्रि रामजी यादव, मन्त्रालयका सचिव डा.दिपक काफ्ले तथा महासङ्घका अध्यक्ष अञ्जन श्रेष्ठको उपस्थितिमा मेलासम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।
सम्झौता पत्रमा मन्त्रालयको तर्फबाट सहसचिव तथा युवा महाशाखा प्रमुख हेमराज तामाङ र महासंघ तर्फबाट महासङ्घका उपाध्यक्ष तथा रोजगार परिषद्का उपाध्यक्ष प्रबलजंग पाण्डेले हस्ताक्षर गरेका छन् ।
सम्झौतापत्र अनुसार मन्त्रालयले मेलाको नीतिगत नेतृत्व, सरकारी निकायसँगको समन्वय, सहजीकरण तथा रोजगारसम्बन्धी डिजिटल प्रणाली सञ्चालन गर्नेछ भने महासङ्घले मेलाको समग्र व्यवस्थापन, सञ्चालन तथा कार्यान्वयनको नेतृत्व नेपाल उद्योग वाणिज्य महासङ्घले गर्नेछ ।
यसका लागि महासङ्घले आवश्यक सचिवालय स्थापना गरी रोजगारदाता परिचालन, भौतिक तथा प्राविधिक पूर्वाधार, कार्यक्रम व्यवस्थापन र निजी क्षेत्रको सहभागिता सुनिश्चित गर्नेछ ।
नेपाल सरकारले आर्थिक वर्ष २०८३/८४ देखि २०९२/९३ सम्मको अवधिलाई रोजगार प्रबर्धन दशकका रूपमा अघि बढाएको सन्दर्भमा आन्तरिक रोजगारीका अवसर विस्तार गर्नु, श्रम बजारको मागअनुसार दक्ष जनशक्ति विकास गर्नु र सीपयुक्त जनशक्तिलाई रोजगारीमा आबद्ध गराउने मुख्य उद्देश्य रहेको महासङ्घका उपाध्यक्ष तथा रोजगार परिषद्का सभापति प्रबलङ्ंग पाण्डेले जानकारी दिए ।
मेलामा उद्योग, व्यवसाय तथा प्रतिष्ठानका रोजगारदातालाई सहभागी गराई उनीहरूका वास्तविक रिक्त पद र आवश्यक जनशक्तिको विवरण संकलन गरिनेछ ।
रोजगारदाताले उपलब्ध गराएका रिक्त पदका आधारमा रोजगार खोजकर्ताबाट आवेदन संकलन गरी मेलास्थलमै प्रत्यक्ष अन्तर्वार्ता, प्रारम्भिक छनोट तथा रोजगार मिलानको व्यवस्था गरिनेछ ।
त्यसैगरी, रोजगारदाताको माग र श्रम बजारको आवश्यकताका आधारमा प्राविधिक तथा व्यावसायिक तालिम प्रदायक निकायको नेतृत्वमा प्रत्येक प्रदेशमा विभिन्न विधामा ओटा तालिम सञ्चालन गरिनेछ ।
यसलाई दीगो रुपमा सञ्चालन गर्न महास.घले थप सहकार्य गर्ने छ भने तालिमका लागि आवश्यक पूर्वाधार तथा व्यवस्थापकीय सहयोग महासङ्घले उपलब्ध गराउनेछ ।
मेलालाई व्यवस्थित बनाउन मन्त्रालयले तउकः÷÷वयदाबष्च.कजचबmकबलकबच.नयख.लउ प्रणाली सञ्चालनमा ल्याउनेछ ।
मेलामा सिर्जना भएका रोजगारीका अवसरलाई कार्यक्रम सम्पन्न भएपछि पनि निरन्तरता दिइनेछ । यसका लागि महासङ्घ, मन्त्रालय, श्रम तथा रोजगार कार्यालय, स्थानीय तहका रोजगार, सीप तथा उद्यमशीलता केन्द्र र रोजगारदाताबिच समन्वय गरिनेछ ।
प्रदेश सरकार, स्थानीय तह, उद्योग वाणिज्य सङ्घ, निजी क्षेत्र, तालिम प्रदायक संस्था तथा विकास साझेदारको सहभागिता र सहकार्यमा कार्यक्रम सञ्चालन हुनेछ । सरकार र निजी क्षेत्रबीचको सहकार्यलाई थप प्रभावकारी बनाउँदै सीपयुक्त जनशक्तिको विकास, आन्तरिक रोजगारी प्रवद्र्धन तथा उद्योग व्यवसायको जनशक्ति आवश्यकता सम्बोधन गर्न मेला महत्वपूर्ण हुने विश्वास महासङ्घले लिएको छ ।


प्रतिक्रिया दिनुहोस्