काठमाडौँ । शुक्रबार नेपाल राष्ट्र बैंकले २ खर्ब रूपैयाँ निक्षेप संकलन गर्ने भएको छ । बैंक तथा वित्तीय संस्थाहरूमा अधिक तरलता भएपछि राष्ट्र बैंके बोलकबोलको माध्यमबाट २८ दिनको लागि २ खर्ब रूपैयाँ निक्षेप संकलन गर्ने भएको हो ।
यसको सावाँब्याज राष्ट्र बैंकले २०८३ पुस ३ गते भुक्तानी गर्ने जनाएको छ ।
निक्षेप संकलन उपकरणको बोलकबोलमा “क”, “ख” र “ग” वर्गका बैंक तथा वित्तीय संस्थामात्र सहभागी हुन पाउने छन् ।


प्रतिक्रिया दिनुहोस्