नदी छेउमा भएका बस्ती स्थानान्तरण तीन वटै सरकारको जिम्मेवारी हाेः मुख्यमन्त्री मगर


काठमाडाैँ । बामगती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले नदी छेउमा भएका बस्तीलाई स्थानान्तरण गर्नुपर्ने बताएका छन् । सोमबार काठमाडौँ महानगरपालिकाद्वारा आयोजित काठमाण्डु क्लाइमेट एक्शन विकलाई सम्बोधन गर्दै उनले नदी बेसमा भएका भौतिक संरचना र बस्ती विकासलाई स्थानान्तरण गर्न आवश्यक भइसकेको बताएका हुन्।

उनले नदी छेउका बस्ती स्थानान्तरण गर्ने जिम्मेवारी तीन वटै सरकारको भएको पनि बताए । यसले मानवीय क्षतिलाई न्युनिकरण गर्न सकिने उनको भनाइ छ ।

मुख्यमन्त्री मगरले त्रिशूली नदीमा सात वटा हाइड्रो रहेको र सुरुङबाट निस्किएको मग सबै नदीमा डिपोजिट भएकै कारण पनि भदौ १० गतेको बाढीले ठूलो क्षति गरेको जिकिर गरे । नदी छेउमा हाइड्रोहरुलाई स्वीकृति दिँदा नदीमा मग जम्मा हुनेगरी दिनु नहुने बताए । 

मुख्यन्त्री मगरले नदीको बहाव क्षेत्रलाई पुरानै अवस्थामा फर्काउन जरुरी रहेको बताउनु भयो । त्यसले मानवीय क्षति कम गर्न सकिने जिकिर गरे ।

प्रकृतिले सिर्जना गरेको क्षेत्रलाई खुला राख्नुपर्ने उनको भनाइ छ । बागमती प्रदेशका अन्य बजेट शिर्षकहरू कटौति गरेर पुनःनिर्माणतर्फ जाने तयारीमा सरकार रहेको बताए । करिव ५ अर्ब फण्ड तयार गरेको उनकाे भनाइ छ ।