काठमाडौँ । साताको कारोबारको पहिलो दिन सेयरबजारमा हरियाली छाएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार सोमबार सेयर मापक सूचक नेप्से परिसूचक १५.३९ अंकले बढेर २६३८.९५ अंकमा पुगेको छ ।
नेप्सेमा कारोबार भएका कुल १३ उपसमुहमध्ये दुई उपसुमह बाहेक सबै उपसमुहको सेयरमूल्य बढेको छ । जसमध्ये सबैभन्दा धेरै बैंकिङ उपसमुह १.२४ प्रतिशतले बढेको छ ।
सोमबार नेप्सेमा सोल्टी होटलको सबैभन्दा धेरै कारोबार भएको छ । कम्पनीको ३२ करोड माथिको कारोबार भएको छ ।
आजको दिन एभरेष्ट कलर ल्याबका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् । कम्पनीको सेयरमूल्य ५.०५ प्रतिशतले बढेको छ ।
त्यस्तै आजको दिन मानुषी लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् । कम्पनीको सेयरमूल्य ८ प्रतिशतले घटेको छ ।
कुल ३५० कम्पनीको १ करोड ४६ लाख ७० हजार १ सय ७७ कित्ता सेयर किनबेच हुँदा ५ अर्ब ५५ करोड ३० लाख बढिको सेयर कारोबार भएको नेप्सेले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्