काठमाडौँ । साताको कारोबारको तेस्रो दिन सेयरबजार एकल अंकले बढेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार बुधबार सेयर मापक सूचक नेप्से परिसूचक ८.७० अंकले बढेर २६४७.६५ अंकमा पुगेको छ ।
आज नेप्सेका कारोबार भएका १३ ओटा उपसमहमध्ये १० ओटा उपसमुहको सेयरमूल्य बढेको छ भने ३ ओटा उपसमुहको सेयरमूल्य घटेको छ ।
बुधबार नेप्सेमा हिमालय ऊर्जा विकास कम्पनीको सबैभन्दा धेरै कारोबार भएको छ । कम्पनीको ३४ करोड ७४ लाख ७६ हजार रूपैयाँभन्दा बढीको कारोबार भएको नेप्सेले जनाएको छ ।
आजको दिन नेप्सेमा मुक्तिनाथ कृषि कम्पनीका लगानीकर्ताहरूले सबैभन्दा बढी कमाएका छन् । कम्पनीको सेयरमूल्य १०.९८ प्रतिशतले बढेको छ ।
यस्तै, उन्नती सहकार्य लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताहरूले सबैभन्दा बढी गुमाएका छन् । यस कम्पनीको सेयरमूल्य ३.३० प्रतिशतले घटेको छ ।
कुल ३५६ कम्पनीको एक करोड ६५ लाख २३ हजार ९७४ कित्ता सेयर किनबेच हुँदा ६ अर्ब १४ करोड ६० लाख ४३ हजार रूपैयाँभन्दा बढीको सेयर कारोबार भएको नेप्सेले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्