काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमय दरअनुसार हिजोको तुलनामा अमेरिकी डलर, युरोपियन युरो र बेलायती पाउन्ड स्टर्लिङसहितका अधिकांश प्रमुख मुद्राहरूको भाउ घटेको छ ।
हिजो (बुधबार) १ अमेरिकी डलरको खरिददर १४८ रुपैयाँ ३६ पैसा र बिक्रीदर १४८ रुपैयाँ ९६ पैसा रहेकोमा आज १ रुपैयाँ ८ पैसाले घटेर खरिददर १४७ रुपैयाँ २८ पैसा र बिक्रीदर १४७ रुपैयाँ ८८ पैसा कायम भएको छ ।
त्यसैगरी, युरोपियन युरो र बेलायती पाउन्डको मूल्यमा पनि भारी गिरावट आएको छ । हिजो खरिददर १६२ रुपैयाँ १६ पैसा र बिक्रीदर १६२ रुपैयाँ ८२ पैसा रहेको युरो आज १ रुपैयाँ ४ पैसाले घट्दै खरिददर १६१ रुपैयाँ १२ पैसा र बिक्रीदर १६१ रुपैयाँ ७८ पैसामा झरेको छ ।
बेलायती पाउन्ड स्टर्लिङ पनि हिजोको तुलनामा १ रुपैयाँ ४७ पैसाले ओरालो लाग्दै आज खरिददर १९२ रुपैयाँ ३५ पैसा र बिक्रीदर १९३ रुपैयाँ १३ पैसा कायम भएको छ। यता, प्रमुख मुद्राहरू घटिरहँदा स्विस फ्रयाङ्कको भाउ भने सामान्य बढेर आज खरिददर १७६ रुपैयाँ ५२ पैसा र बिक्रीदर १७७ रुपैयाँ २४ पैसा पुगेको छ ।
राष्ट्र बैंकका अनुसार आज अस्ट्रेलियन डलर १ को खरिददर ९६ रुपैयाँ ७२ पैसा र बिक्रीदर ९७ रुपैयाँ ११ पैसा, क्यानेडियन डलर १ को खरिददर १०३ रुपैयाँ ०७ पैसा र बिक्रीदर १०३ रुपैयाँ ४९ पैसा तथा सिङ्गापुर डलर १ को खरिददर ११३ रुपैयाँ ९८ पैसा र बिक्रीदर ११४ रुपैयाँ ४४ पैसा तोकिएको छ ।
यस्तै, जापानी येन १० को खरिददर ९ रुपैयाँ २४ पैसा र बिक्रीदर ९ रुपैयाँ २७ पैसा, चिनियाँ युआन १ को खरिददर २२ रुपैयाँ ०६ पैसा र बिक्रीदर २२ रुपैयाँ १५ पैसा तथा दक्षिण कोरियन वन १०० को खरिददर १० रुपैयाँ ९६ पैसा र बिक्रीदर ११ रुपैयाँ ०१ पैसा कायम भएको छ ।
खाडी मुलुकका मुद्राहरूतर्फ आज साउदी अरेबियन रियाल १ को खरिददर ३९ रुपैयाँ २६ पैसा र बिक्रीदर ३९ रुपैयाँ ४२ पैसा, कतारी रियाल १ को खरिददर ४० रुपैयाँ ४१ पैसा र बिक्रीदर ४० रुपैयाँ ५७ पैसा तथा युएई दिराम १ को खरिददर ४० रुपैयाँ १० पैसा र बिक्रीदर ४० रुपैयाँ २६ पैसा निर्धारण गरिएको छ ।
मलेसियन रिङ्गेट १ को खरिददर ३५ रुपैयाँ ७५ पैसा र बिक्रीदर ३५ रुपैयाँ ९० पैसा, कुवेती दिनार १ को खरिददर ४७६ रुपैयाँ ६३ पैसा र बिक्रीदर ४७८ रुपैयाँ ५८ पैसा, बहराइन दिनार १ को खरिददर ३९० रुपैयाँ ६३ पैसा र बिक्रीदर ३९२ रुपैयाँ २२ पैसा तथा ओमानी रियाल १ को खरिददर ३८२ रुपैयाँ ५४ पैसा र बिक्रीदर ३८४ रुपैयाँ ०९ पैसा रहेको छ। वाणिज्य बैंकहरूले तोक्ने विनिमय दर भने राष्ट्र बैंकको दरभन्दा केही फरक हुन सक्ने राष्ट्र बैंकले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्