इन्स्टाग्राम र फेसबुक मेसेन्जर प्रयोगकर्ताले एउटै समुहमा कुराकानी गर्न सकिने


काठमाडौं । फेसबुक मेसेन्जर र इन्स्टाग्राम बिच क्रस–मेसेजिङको सेवा शुरु भएको छ । अब फेसबुक म्यासेन्जर र इन्स्टाग्रामका प्रयोगकर्ताले एउटै समुह बनाएर कुराकानी गर्न सक्नेछन् ।

इन्स्टाग्राम डीएम र क्रस–एप समूह च्याटमा मेसेन्जरको जस्तो पोल चलाउन पनि सकिने छ ।

इन्स्टाग्रामले “वाच टुगेदर” पनि ल्याएको छ । इन्स्टाग्राममा एक भिडियो च्याट सुरु गर्दा सँगै हेर्न सकिने छ ।

अन्य नयाँ थपमा दुबै मेसेन्जर र इन्स्टाग्राम डिएमहरुको लागी क्रस–एप समूह च्याटमा उपलब्ध समूह टाइपिङ्ग संकेतक सामेल छन्। एजेन्सी