दक्षिण कोरियामा नेटफ्लिक्सविरुद्ध मुद्दा दायर


काठमाडौं । दक्षिण कोरियाली इन्टरनेट सेवा प्रदायक कम्पनी एसके ब्रोडब्यान्डले नेटफ्लिक्समाथि मुद्दा दायर गरेको छ । नेटफ्लिक्समाथि बढेको नेटवर्क ट्राफिक र मर्मत थपिएको मर्मत खर्च ब्यहोर्नुपर्ने भन्दै मुद्दा दायर गरेको हो ।

कम्पनीका अनुसार नेटफ्लिक्सका कारण भ्यूअर बढेपछि त्यसले खपत गर्ने अतिरिक्त ब्यान्डविथ तथा त्यसले निम्त्याउने मर्मत खर्च बराबरको रकम भुक्तानी गर्न भन्दै मुद्दा दायर गरिएको हो ।

यो मुद्दा सोउल अदालतले नेटवर्क प्रयोग गरेबापत् बदलामा केही दिनुपर्ने निर्णय सुनाएपछि आएको हो । यसबाहेक थुप्रै दक्षिण कोरियाली नीति निर्माताहरुले नेटवर्क प्रयोग गरेबापत भुक्तानी नगर्ने तर उल्लेख्य ट्राफिक बढाउने कन्टेन्ट प्रोभाइडरका विरुद्धमा बोलेका थिए ।

नेटफ्लिक्सले एसके ब्रोडब्यान्डको दावीमाथि समीक्षा गर्ने र हालका उपभोक्तालाई असर नपर्ने गरी समस्या सुल्झाउन वार्ताको वातावरण तय गर्ने बताएको छ । ‘स्क्विड गेम’ सिरिज तथा अन्य अफरका कारण कारण नेटफ्लिक्स दक्षिण कोरियामा यूट्युबपछिको बढी डाटा ट्राफिक बढाउने कम्पनी बनेको छ ।

तर यी दुवैले नेटवर्क प्रयोगबापतको शुल्क तिरेका भने छैनन् । अन्य कन्टेन्ट प्रोभाइडर फेसबुक तथा अमेजनलगायतले भने तिर्दै आएको एसके ब्रोडब्यान्डले जनाएको छ ।