सात घण्टापछि खुल्यो फेसबुक, इन्स्टाग्राम र ह्वास्ट्सएप


काठमाडौं । फेसबुक, इन्स्टाग्राम र ह्वास्ट्सएप बन्द भएको करिव ७ घण्टापछ सुचारु भएका छन् । सोमबार राती ९ बजेपछि तीन वटै एप चल्न छाडेका थिए भने मंगलबार विहान ४ बजेपछि चल्न थालेका हुन् ।

विश्वभरबाट एप नचलेको रिपोर्ट गरिन थालेपछि सेवा अवरुद्ध भएको करिव एक घण्टामा फेसबुक, इस्टाग्राम र ह्वास्टसएपले ट्विटरमा आफ्नो सन्देश दिंदै माफी मागेका थिए । छिटै सेवा सुचारु गर्ने बाचा गरेको ६ घण्टामा मात्र एपहरुले काम गर्न थालेका छन् । बन्द भएकाे एकघण्टापछि मात्र फेसबुकले यस विषयमा जानकारी दिएकाे थियाे ।

संस्थापक मार्क जुकरबर्ग लगायत फेसबुक आवद्ध व्यक्ति तथा कम्पनीहरुले सेवा पुनः सुचारु भएको जानकारी गराउँदै सेवा अवरुद्ध भएकोमा माफी मागेका छन् । यद्यपी बन्द हुनुको कारण भने स्पष्ट भनिएको छैन ।

फेसबुकमा उत्पादनहरु मनोरंजनका लागि मात्र नभइ विश्वभर व्यापारको प्रयोजनका लागि पनि प्रयोग गर्ने गरिन्छ ।

सम्बन्धित समाचारः

फेसबुकको सर्भर डाउन, ट्विटरमा माफी माग्दै भन्याे, ‘छिट्टै समस्या समाधान गछौं’