अन्तर्राष्ट्रिय विमानस्थलहरू संचालन गर्न अन्तर्राष्ट्रिय संस्थालाई आमन्त्रण गर्न सक्नुपर्छ: सांसद चौधरी


काठमाडौँ । संघिय सांसद तथा उद्योगी विनोद चौधरीले दुई नयाँ अन्तर्राष्ट्रिय विमानस्थलहरू व्यवस्थित रुपमा संचालन गर्न ख्याती प्राप्त संस्थालाई आमन्त्रण गर्न सक्नुपर्ने बताएका छन् ।

विनियोजन विधेयक, २०८० को सिद्धान्त र प्राथमिकतामाथिको छलफलमा आफ्ना धारणा राख्दै सांसद चौधरीले अर्बौं लगानी लगाएर बनाएका दुई नया“ अन्तर्राष्ट्रिय विमानस्थलहरू मृतप्रायः अवस्थामा रहेको भन्दै यी विमानस्थलाई व्यवस्थित रुपमा संचालन गर्न अन्तर्राष्ट्रियस्तरका एयरलाइन्सहरुको सञ्जाल व्यवस्थापनमा कुशल र एयरपोर्ट व्यवस्थापनमा ख्यातीप्राप्त सस्थाहरूलाई आमन्त्रण गर्न सक्नुपर्ने बताएका हुन् ।

“भारतले हवाइ सेवालाई सस्तो बनाई आम नागरिकको पहु“चमा पु¥याउन एवम् दोस्रो र तेस्रो तहका साना शहरलाई जोड्न उडान कार्यक्रम घोषणा गरेको छ । पर्यटनका अन्य पूर्वाधार विकासलाई प्रोत्साहन गर्दै आर्थिक कुटनीतिलाई प्रभावकारी बनाउन सकियो भने आगामी पा“च बर्षमा ५० लाख पर्यटक नेपाल भित्रयाउन सम्भव हुनेछ,” उनले भने, “यो सोंचको प्रस्थान विन्दू आगामी आर्थिक बर्षको बजेट बन्न सकोस् भन्ने मेरो कामना छ । दैनिक २ हजार–२५ सय युवाहरू वैदेशिक रोजगारीका लागि विदेशिने गरेको पृष्ठभुमिमा यो देशभित्र रोजगारी श्रृजनाको महत्वपूर्ण माध्यम बन्न सक्छ ।”

Skip This