काठमाडौँ । हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडले शेयर रजिष्ट्रार सम्बन्धी सेवाका लागि प्रभु क्यापिटल लिमिटेडलाई शेयर रजिष्टार नियुक्त गरेको छ ।
बुधबार सम्पन्न भएको सम्झौतामा हिमालयन लाइफ इन्स्योरेन्सको तर्फबाट प्रमुख कार्यकारी अधिकृत मनोज कुमार लाल कर्ण र प्रभु क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत आशिष गौचनले हस्ताक्षर गरेका छन् ।
युनियन लाइफ इन्स्योरेन्स, प्राइम लाइफ इन्स्योरेन्स र गुराँस लाइफ इन्स्योरेन्स लिमिटेड एक आसपमा मर्ज भई हिमालयन लाईफ इन्स्योरेन्स लिमिटेड कायम भई मिति २०८० वैशाख २६ गते बाट संयुक्त कारोबार सुरु भएको हो ।
प्रतिक्रिया दिनुहोस्