कास्की । पोखराको आर्चलबोट चोकमा सीजी मोटर्सको नेटा शोरुम शुभारम्भ भएको छ ।
नेपालका लागि चीनका राजदुत चेन सङले एक समारोहका बिच उक्त शोरुमको उद्घाटन गरेका हुन् । उद्घाटनको अवसरमा नेपालका लागि राजदुत चेन सङ ले नेपाल तथा चिनको अटुट मैत्री सम्बन्धमा जोड दिँदै सीजी मोटर्सलाई सफलताको शुभकामना व्याक्त गरे ।
राजदुत सङले नेपालमा डिजल तथा पेट्रोल गाडीलाई विस्थापित गर्दै नेपालमा ग्रीन इेनर्जी को सम्भावना अध्ययन गर्न र आत्मनिर्भतातिर जान चीनले सहयोग गर्ने बताए । साथै, नेपाल सरकारसँगको सहकार्यमा प्रमुख राजमार्ग तथा ठूला शहरहरुमा चर्जिङ स्टेशनको विकास गर्ने बताए ।
सीजी मोटर्स प्रा. लि.का प्रमुख कार्यकारी अधिकृत हेमन्त अग्रवालले अब पोखरावासीले समेत सहज रुपमा नेटा भी को अनुभव गरी खरिद गर्न सक्ने बताए ।
उक्त कार्यकरममा पोखराका लागि पहिलो इभि ट्याक्सी र पहिलो विद्युतिय माईक्रो बस चीनका राजदुत सङले हस्तान्तरण गरे ।
पियोर इभी प्लाटफर्ममा बनेको नेटा भी ले फुल चार्जमा ३८० किमी को दुरी पार गर्न सक्ने सीजी मोटर्सकाे दाबी छ ।
प्रतिक्रिया दिनुहोस्