एनआइएमबि एस क्यापिटलबाट एकिकृत कारोबार सुरु


काठमाडौँ । एनआईबिएल एस क्यापिटल लिमिटेडले मेगा क्यापिटल मार्केट्स लिमिटेडलाई प्राप्ति (एक्विजिसन) गरेपछि एकिकृत कारोबार सुरु गरेको छ ।

कम्पनीले “एनआइएमबि एस क्यापिटल लिमिटेड” बाट आषाढ १८ गते (सोमबार) देखि एकिकृत व्यवसाय/कारोबार सञ्चालन सुरु गरेको हो ।

प्राप्ति (एक्विजिसन) पश्चात कम्पनीको चुक्ता पुँजी ४७ करोड हुने, ४ लाख ८५ हजार भन्दा बढी हितग्राही खाता, ७ वटा शाखा कार्यालयहरु र ५५ वटा भन्दा बढी कम्पनीको शेयर रजिष्ट्रार कार्य मार्फत करिब २५ लाख भन्दा बढी शेयरधनीहरुलाई सेवा प्रदान कम्पनीले जनाएको छ ।

यस प्राप्ति (एक्विजिसन)पश्चात हाल गर्दै आएको मर्चेन्ट बैंकिंग तथा इन्भेष्टमेण्ट बैंकिंग व्यवसायमा गुणात्मक असर सँगै दिँदै आएको सेवाहरु अझ सुदृढ र सशक्त रूपमा विस्तार हँुदै धितोपत्र बजारमा पहिचान बनाउन सकिने विश्वास समेत क्यापीटलले लिएको छ ।