छुट्ला है ! सिंगटी हाइड्रोको आइपीओ भर्ने आज अन्तिम दिन


काठमाडौं । सिंगटी हाइड्रो इनर्जी लिमिटेडको आइपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले सर्वसाधारणको लागि चैत्र ६ गते देखि चैत्र १० गते सम्मको लागि आइपीओ भर्न आवेदन खुला गरेको हो ।

कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल २९ लाख कित्ता आइपीओ निष्काशन तथा बिक्री खुला गरेको हो । जसमा आज अन्तिम दिन लगानीकर्ताले बैंकिङ समयभित्र आइपीओमा आवेदन दिन सक्नेछन् ।

कम्पनीले जारी गरेको उक्त आइपीओमा ५८ हजार कित्ता सेयर कर्मचारीका लागि छुट्टाइएको भने १ लाख ४५ हजार कित्ता सामूहिक लगानी कोषहरुमा बाँडफाँड गरिएको छ । बाँकी २६ लाख ९७ हजार कित्तामा सर्वसाधारणले आवेदन दिन सक्नेछन्।

यो आईपीओमा न्यूनतम १० कित्ता र अधिकतममा २ लाख कित्तासम्म आवेदन दिन सकिनेछ । नेपाल धितोपत्र बोर्डबाट अनुपति प्राप्त गरी सि–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरु र तिनका शाखा कार्यालयहरुबाट यो आईपीओमा आवेदन दिन सक्ने व्यवस्था मिलाइएको छ ।

नेपाल धितोपत्र बोर्डले गत पुस २१ गते सिंगटी हाइड्रोलाई आयोजना प्रभावित र सर्वसाधारणका लागि कुल ४३ लाख ५० हजार कित्ता आईपीओ निष्कासनको अनुमति दिएको थियो।

कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित दोलखा जिल्लाका बिगु र कालिन्चोक गाउँपालिका बासिन्दाका लागि गत माघ ४ गतेदेखि फागुन ३ गतेसम्म कुल १४ करोड ५० लाख रुपैयाँबराबरको आईपीओ निष्कासन गरेको गरेको थियो।