फाइभजीको विकासमा निरन्तरताका लागि ओप्पो र क्वालकमद्वारा सहकार्य


काठमाडौं । चिनीया स्मार्टफोन कम्पनी ओप्पोले क्वालकम स्न्यापड्रागन टेक समिट २०२१ मार्फत स्न्यापड्रागन ८ जेन १ मोबाइल प्ल्याटफर्मद्वारा सञ्चारित आफ्नो आगामी फ्ल्यागशिप स्मार्टफोन विश्वब्यापी रुपमा सार्वजनिक गर्ने घोषणा गरेको छ ।

सन् २०२२ को पहिलो त्रैमासमा ओप्पोले सार्वजनिक गर्ने घोषणा गरेको हो । नयाँ स्न्यापड्रागन प्ल्याटमर्फ अनुकूलन गर्ने ओप्पो पहिलो मध्यको एक कम्पनी हुने जनाइएको छ ।

साथै, फाइभजीको विकासमा तिब्रता र स्मार्टफोन नवप्रबर्तनको भविष्य अन्वेषणका लागि ओप्पोले क्वालकमसंगको सहकार्यलाई निरन्तरता दिने जानकारी दिएको छ ।

ओपोले क्वालकम लगायत अन्य औद्योगिक पार्टनरहरुसंग सहकार्य गर्दै फाइभजी एसए नेटवर्कको निर्माण प्रबद्र्धनका साथै विश्वभर फाइभजीको ब्यवसायीकरणलाई गति प्रदान गरी रहेको छ । यूरोपमा एसए नेटवर्कको ब्यवसायीकरणका लागि स्न्यापड्रागन मोबाइल प्ल्याटफर्मको प्रयोग गर्ने ओपो पहिलो कम्पनी हो ।