प्रविधिको क्षेत्रमा बागमती प्रदेशको बजेट शून्य


काठमाडौं । प्रविधि विकासको लागि बागमती प्रदेशले कुनै पनि रकम नछुट्टाएको बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुन सचिव रुद्रसिंह तामाङले बताएका छन् ।

काठमाडौंमा भएको बागमती प्रदेश सूचना तथा सञ्चार प्रविधिको प्रवद्र्धनमा बागमती प्रदेशको भूमिका सरोकारवालासँगको छलफल कार्यक्रममा सचिव तामाङले अहिलेको वर्ष प्रविधिको क्षेत्रमा बजेट शून्य भएपनि अर्को प्रविधिको क्षेत्रमा बजेट छुट्टाउने बताए ।

प्रविधिको क्षेत्रलाई अगाडी बढाउनको लागि सँधै काम गरिरहने उनले प्रतिवद्धता व्यक्त गरे । “निर्वाचन भएको ४ वर्षसम्म पनि प्रदेश र केन्द्रको कुन क्षेत्र प्रदेशको हो र कुन क्षेत्र केन्द्रको अभैm टुङ्गो लागेको छैन,” उनले भने ।

एउटै गाउँपालिकाको सप्टवेयर ४/५ ओटा सञ्चालन गरेकोले त्यसलाई एकिकृत ढङ्गले सञ्चालन गर्नुपर्ने उनको भनाइ छ ।