प्रसाईं बने प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको निमित्त सीईओ


काठमाडौँ। प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत रमेशकुमार भट्टराईले राजीनामा दिएपछि निमित्त कार्यकारी प्रमुखमा सन्तोष प्रसाईं नियुक्त भएका छन्।

सञ्चालक समिति बैठकले भट्टराईको राजीनामा फागुन १ गतेदेखि लागू हुने गरी स्वीकृत गरेको छ । वरिष्ठ नायब सीईओ रहेका प्रसाईंले माघ १६ गतेदेखि निमित्त सीईओको जिम्मेवारी सम्हाल्ने जनाइएको छ ।