काठमाडौं । सन नेपाल लाइफ इन्सुरेन्स कम्पनी लिमिटेडको मुनाफा ७.२२ प्रतिशतले घटेको छ । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म कम्पनीले ३२ करोड ८४ लाख रुपैयाँ खुद नाफा कमाएको छ ।
यो गत वर्षको सोही अवधिको तुलनामा ७.२२ प्रतिशतले थोरै हो । गत वर्ष यसले ३५ करोड ३९ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो ।
गत वर्ष दोस्रो त्रैमाससम्ममा कम्पनीले १ अर्ब ९६ करोड ४८ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो भने यस वर्ष भने ९.४३ प्रतिशतले घटेर १ अर्ब ७७ करोड ९५ लाख रुपैयाँमा खुम्चिएको छ ।
गत वर्ष कमपनीले लगानी तथा कर्जाबाट हुने आम्दानी २५ करोड २५ लाख रुपैयाँ थियो भने यस वर्ष उक्त आम्दानी ७२.४१ प्रतिशतले बढेर ४३ करोड ५४ लाख रुपैयाँमा पुगेको छ ।
कम्पनीको कुल दावी भुक्तानी गत वर्ष ३७ करोड ८४ लाख रुपैयाँ रहेकोमा यस वर्ष सोही अवधिमा दावी भ्ुक्तानी ५४ करोड ६४ लाख रुपैयाँ रहेको छ ।
कम्पनीको कुल खर्च १ अर्ब ७१ करोड ७ लाख रुपैयाँ रहेको छ। अघिल्लो वर्ष कम्पनीको कुल खर्च १ अर्ब ५० करोड करोड ३ लाख रुपैयाँ थियो।
त्यस्तै समीक्षा अवधिमा कम्पनीको जीवन बीमा कोषको आकार ६ अर्ब ५१ करोड रुपैयाँ पुगेको छ।
हाल कम्पनीको चुक्ता पुँजी ३ अर्ब २० करोड रुपैयाँ रहेको छ । कम्पनीको प्रतिसेयर आम्दानी २० रुपैयाँ ५२ पैसा छ भने प्रतिसेयर नेटवर्थ भने १८७ रुपैयाँ ०४ पैसा रहेको छ ।
प्रतिक्रिया दिनुहोस्