ट्रष्ट माइक्रो इन्स्योरेन्सका अध्यक्ष पोखरेलद्वारा सपथ ग्रहण


काठमाडौं । ट्रष्ट माइक्रो इन्स्योरेन्स कम्पनीका सञ्चालक समितिका अध्यक्ष जगत बहादुर पोखरेलले सपथ ग्रहण गरेका छन् ।

अध्यक्ष पोखरेलले नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवाल समक्ष प्राधिकरणको केन्द्रीय कार्यालय, कुपण्डोल, ललितपुरमा सपथ ग्रहण गरेका हुन् ।

पोखरेल माइक्रोफाइनान्स एसोसियसन अफ नेपाल र भिजन लुम्बिनी लिमिटेडका अध्यक्ष समेत हुन् ।

भिजन लुम्बिनी उर्जा कम्पनीमा कार्यकारी अध्यक्ष रहेका पोखरेलले ट्रष्ट माइक्रो इन्स्योरेन्सको अध्यक्षको रुपमा सपथ ग्रहण गरेका हुन् ।

ट्रष्ट माइक्रो इन्स्योरेन्सको केन्द्रीय कार्यालय लुम्बिनी प्रदेशको बुटवलमा रहने गरी इजाजत पाएकाे थियाे ।