काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेडको खुद नाफा १५.९७ प्रतिशतले बढेको छ ।
आज सार्वजनिक भएको चालु आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तीय विवरण अनुसार कम्पनीले २० करोड ८ लाख रुपैयाँ मुनाफा कमाएको छ । गत वर्ष सोही अवधिमा कम्पनीले १७ करोड ३१ लाख रुपैयाँ मुनाफा कमाएको थियो ।
गत वर्ष समिक्षा अवधिमा १ अर्ब ५९ करोड विमा शुल्क आर्जन यस वर्ष सोही अवधिमा १ अर्ब ९१ करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । यो गत वर्षको तुलनामा १९.८० प्रतिशतले बढि हो ।
गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ७६ करोड ३० लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको कम्पनीले यस वर्ष समिक्षा अवधिमा ७९ करोड ५९ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । थियो ।
कम्पनीको सेयर पूँजी २ अर्ब ६२ करोड रुपैयाँ रहेको छ भने स्पेसियल रिजर्भ २ अर्ब ६२ करोड २६ लाख रुपैयाँ संचित रहेको छ ।
कम्पनीको प्रति सेयर आम्दानी १५.३२ रुपैयाँ छ भने प्रतिसेयर नेटवर्थ २३२.४५ रुपैयाँ रहेको छ ।
प्रतिक्रिया दिनुहोस्