नयाँ तीन एसयुभी भित्रिए, सबैकाे मूल्य ८० लाख माथि


काठमाडाैं ।

नेपाली बजारमा महंगा र बिलासी मानिने एसयुभीको बजार बिस्तार हुँदै गएको छ । पछिल्ला ३ दिनमा भित्रिएका ३ नयाँ एसयुभीको आगमनले यो कुरालाई थप पुष्टि गरेको छ । गएको बुधबार चीनियाँ ब्रान्ड डिएफएसकेले नेपालमै पहिलो पटक ७ सिटर इन्टेलिजेन्ट एसयुभी ‘ग्लोली आई–अटो’ सार्बजनिक गरेपछि त्यस लगत्तै एमजी मोटर्सको एमजी एचएस र मलेसियन ब्रान्ड फोटोनको प्रोटोन एक्स ७० एसयुभी शोरुम आइपुगेका छन् ।

ग्लोरी बाहेक यी दुई नयाँ एसयुभीको औपचारीक बिक्री भने सुरु भएको छैन । यी ३ वटै एसयुभी ८० लाख माथीका हुन् । ग्लोरी आई–अटोको मूल्य नेपाली बजारमा ८९ लाख ५० हजार कायम गरिएको छ भने बाँकी २ एसयुभीको मुल्य समेत ८० लाख हाराहारी वा त्यसभन्दा माथी पर्ने कम्पनी स्रोतहरुको भनाई छ ।

ग्लोरी आई–अटो
डिएफएसकले यसअघि ग्लोरी सिरिजका ५६० र ५८० एसयूभी बिक्री गर्दै आएकोमा नयाँ मोडल आई–अटो थप गरेको छ । यसमा रहेका धेरै फिचरहरु भ्वाइस कमान्डबाट चलाउन सकिन्छ ।इन्टेलिजेन्ट एसयूभी ग्लोरी ग्लोरी आई–अटोमा आईटक नामक भ्वाइस कमान्डको प्रयोग गर्न सकिन्छ । यसको सहायताले हाई ग्लोरीमा कमान्ड दिएर गाडीलाई विभिन्न खालको कार्य गराउन सकिन्छ । भ्वाइस कमान्डबाटै फोन कल एक्सेस, मिडिया कमान्ड, कार कन्ट्रोल, भ्वाइस नेभिगेसन, कनेक्टिभिटी आदि सञ्चालन गर्न सकिन्छ । सिधै भ्वाइस कमान्डबाटै फोन गर्न, उठाउन, कल हिस्ट्री आदि हेर्न सकिन्छ ।

मिडिया कमान्डबाट म्युजिक बजाउन, सानो ठूलो बनाउन सकिन्छ । कार कन्ट्रोलबाट भित्रको क्लाइमेट मिलाउने, विन्डो ग्लास र सनरुफ आदि खोल्ने र बन्द गर्ने आदि कार्य गर्न सकिन्छ । भ्वाइस नेभिगेसनबाट जीपीएस, ब्लुटुथ, वाइफाई आदि खोल्न र बन्द गर्न सकिन्छ । यस्ता एक सय भन्दा बढी कमान्ड भ्वाइसमार्फत दिन सकिने कम्पनीको भनाइ छ । गाडीमा अलोय ह्विल, एलईडी लाइट, दुई एक्जस्ट पाइप, प्यानोरामिक सनरुफ र रुफ रेल आदि छन् । त्यसैगरी किलेस इन्ट्री, ओआरभीएम तथा रेन सेन्सिङ अटो वाइपर जस्ता फिचर यसमा पाउन सकिन्छ ।

ग्लोवल एनक्याप क्र्यास टेस्टमा ५ स्टार रेटिङ पाएको यो एसयूभीमा सुरक्षाका लागि अगाडि ४ वटा एयरव्याग र चारै चक्कामा डिस्क ब्रेकको प्रयोग गरिएको छ । गाडीमा आधुनिक इलेक्ट्रिक स्टेबिलिटी प्रोग्राम (ईएसपी) ब्रेकिङ सिस्टम दिइएको छ । जसमा एबीएस, ईबीडी तथा ईबीए जस्ता फिचरहरुको सहायताले जस्तोसुकै परिस्थितिमा पनि गाडीलाई रोक्न सकिन्छ ।

हिल होल्ड कन्ट्रोल, ३६० डिग्री क्यामेरा र रियर पार्किङ सेन्सर आई–अटोमा उपलब्ध छ । यसमा जडान भएको अलार्म सिस्टम तथा इम्मोबिलाइजरले गाडी चोरी हुने समस्या कम गर्छ । ग्लोरी आई–अटोमा स्पोर्टी कन्सोल, भेइकल रनिङ रेकर्ड सिस्टम, क्रुज कन्ट्रोल, अटो एसी क्लाइमेट कन्ट्रोल र ९ इन्चको फ्लोटिङ एचडी इन्फोटेनमेन्ट सिस्टम जस्ता फिचरले चालकलाई ड्राइभिङ प्लेजर प्रदान गर्छ । यो एसयुभीमा मा १.५ लिटर टर्बो चार्ज्ड पेट्रोल इन्जिन छ, जसले १५० पीएस पावर तथा २२० एनएम टर्क जेनेरेट गर्छ । यो एसयूभी अटोमेटिक गियरबक्समा उपलब्ध छ ।

एमजी एचएस
लामो समय यता नेपाली बजारमा आउने चर्चा भए पनि हालै मात्र एमजीको एसयूभी एचएस नेपाल आइपुगेको छ । एमजीको सोरुममा सो एसयूभी हालै आइपुगेको हो । यद्यपि कम्पनीले औपचारिक रुपमा सो एसयूभी सार्वजनिक गर्न भने बाँकी नै छ ।

अल न्यु स्टाइलिस एसयूभीको रुपमा बजारमा आउन लागेको एमजी एचएस निकै सुरक्षित एसयूभी हुने छ । विशेषत सुरक्षाको लागि आवश्यक सबै मापदण्ड पुरा गरेको एचएसमा अगाडि ड्युअल र साइड कटन एयरव्याग दिइएको छ । कारलाई चालकमैत्री बनाउन लेड डिपार्चर वार्निङ सिस्टम, ब्लाइन्ड स्पट डिटेक्सन, ३६० डिग्री क्यामेरा, अटो होल्ड, इलेक्ट्रिक पार्किङ ब्रेक, अगाडि र पछाडि चारै चक्कामा डिस्क ब्रेक, एन्टी ट्रायाप सहितको पानारोमिक सनरुफ, ६ तरिकाबाट आफू अनुकूल बनाउन सकिने ड्राइभिङ सिट, ४ तरिकाले मिलाउन मिल्ने यात्रु सिट, अगाडिका दुबै सिट तातो बनाउन मिल्ने, अटोमेटिक फोल्ड हुने र चिसोमा तातो बनाउन मिल्ने आउट साइड रियर भ्यु मिरर जस्ता फिचर यसमा उपलब्ध रहेका छन् ।

साथै, १०.१ इन्चको इन्फोटेनमेन्ट सिस्टम यसमा रहेको छ । जसमा एप्पल कारप्ले र एन्ड्रोइड अटो सपोर्ट हुन्छ । यसमा रहेको १८ इन्चको अलोय ह्विल र पूर्णत लेदर सिटले गाडीको इन्टेरियर र एक्सटेरियर दुबैलाई प्रिमियम बनाएको छ । यो एसयुभीमा १.५ लिटर टर्बो इन्जिन उपलब्ध रहेको छ । उक्त इन्जिनले अधिकतम ५६०० आरपीएममा १५२ पीएस पावर र १७०० देखि ४४०० आरपीएममा २५० एनएमपिक टर्क प्रदान गर्छ । यसमा ७ स्पिड डिसिटी गियरबक्स उपलब्ध रहेको छ ।
यसलाई नेपाल ल्याएको अवसर पारेर केही समयको लागि कम्पनीले ७९ लाख ९९ हजार रुपैयाँ मूल्य तोकेर विक्री सुरु गर्न लागेको बताइएको छ । विभिन्न तीन कलर भेरिएन्टमा सो गाडी उपलब्ध हुने बताइएको छ । जसमा कालो, सेतो र रातो कलर भेरिएन्ट रहेका छन् । नेपाली बजारका लागि पारामाउन्ट मोटर्सले गत माघ अन्तिम साता देखि नै यसको बुकिङ खुल्ला गरेको थियो ।

प्रोटोन एक्स ७०
मलेसियन अटोमेकर प्रोटोनको नेपालका लागि आधिकारिक बितरकका रुपमा जगदम्बा मोटर्स नियुक्त भएसंगै नेपाल आउने चर्चा बटुलेको एक्स ७० एसयुभीलाई अन्ततः बिक्रीका लागी ल्याइएको छ । त्यसो त यो एसयुभीलाई परिक्षणका लागि भनेर कम्पनीले यसअघिनै नेपाल भित्राएको थियो । अबको केही दिनपछि औपचारीक रुपमा यस एसयुभीको बिक्री थालिने कम्पनी स्रोतले बताएको छ । यो एसयुभीको मुल्य हालसम्म सार्बजनिक नगरिएपनि ८० लाख माथी पर्ने अनुमान गरिएको छ ।

अन्तराष्ट्रिय बजारमा यसको स्टान्डर्ड, एजुकेटीभ, प्रिमियम र प्रिमियम एक्स गरी ४ भेरियन्ट उपलब्ध छन् । यी ४ वटै भेरियन्टमा सुरक्षाका लागि ६ एयरव्याग, एबीएस, इबीडी, ब्रेक एसिस्ट, अटो ब्रेक होल्ड, ट्रायाक्सन कन्ट्रोल, हिल डिसेन्ट कन्ट्रोल, अटोनोमस इमेर्जेन्सी ब्रेक, फरवार्ड कुलिङ वार्निङ, क्रुज कन्ट्रोल, व्लाइन्ड स्पर्ट इन्फर्मेशन सिस्टम, डोर वार्निङ, इन्टेलिजेनट हाई बीम कन्ट्रोल, टायर प्रेसर मोनिटर, फ्रन्ट पार्किङ सेन्सर, रियर पार्किङ सेन्सर जस्ता फिचर उपलब्ध गराइएको छ ।

अन्य फिचर्स भने भेरियन्ट हेरी फरक फरक दिइएको छ । जस्तो स्टान्डर्डमा १७ इन्टको अलोई ह्विल, ८ इन्चको इन्फोटेन्मेन्ट सिस्टम, रियर भ्यू क्यामेरा जस्ता फिचर्स उपलब्ध छन् । त्यसैगरी एजुकेटीभ भेरियन्टमा एलइडी हेडल्याम्पको साथमा डे टाइम रनिङ लाइट, १८ इन्च अलोय ह्वील, पावर टेलगेट, अगाडि वेलकम ल्याम्प, लेदर सिट, ८ स्पीकर, ३६० डिग्री क्यामेरा जस्ता फिचर उपलब्ध गराइएको छ ।

प्रिमियम भेरियन्टमा एड्भान्स ड्राइभर एसिस्टेन्स, टायर प्रेसर मोनिटर, १९ इन्चको अलोय ह्वील, फुट सेन्सर सहितको पावर टेलगेट, प्रिमियम लेदर सिट, अगाडिको यात्रुको लागि पावर सिट, ९ वटा स्पीकर जस्ता फिचर उपलब्ध रहेको छ । प्रिमियम एक्स भेरियन्टमा भने पानारोमिक सनरुफ समेत उपलब्ध रहेको छ ।