काठमाडौँ। प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीले संस्थापक सेयरर बिक्री गर्ने भएको छ । कम्पनीले बिक्री गर्न लागेको २६ लाख ८४ हजार ६२५ कित्ता संस्थापक सेयर खरिदका लागि कम्पनीका विद्यमान तथा अन्य संस्थापकहरुले पनि आवेदन दिन सक्ने जनाइएको छ ।
सेयर खरिदका लागि जेठ २ गतेदेखि ३५ दिनभित्र कम्पनीको केन्द्रिय कार्यालय काठमाडौंमा आवेदन दिन सक्नेछन् । सेयरको बिक्री मूल्य भने बिक्रेताले तोके बमोजिम हुने कम्पनीले उल्लेख गरेको छ ।
कम्पनीका अनुसार तोकिएको उक्त समयमा संस्थापक सेयरधनीले सेयर खरिदका लागि आवेदन नदिएको खण्डमा अन्य व्यक्ति वा संस्थालाई सेयर बिक्री गरिने छ ।
प्रतिक्रिया दिनुहोस्