काठमाडौँ । नेपालमा हाल संचालनमा रहेका लघु बीमक कम्पनीहरुले नेपाल लघु बीमक संघ स्थापना गरेका छन् । जिल्ला प्रशासन कार्यालय ललितपुरमा मिति २०८१ जेठ ३ गते संघको दर्ता भएको छ ।
संघको अध्यक्षमा गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत चिरायु भण्डारी रहेका छन् । उपध्यक्षमा स्टार माइक्रो इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत बिश्व राम तिमिला, सचिवमा प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत नरेश कुमार रोका र कोषाध्यक्षमा लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत राम कुमार यादव रहेका छन् ।
सदस्यहरुमा ट्रष्ट माइक्रोे इन्स्योरेन्स कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत उज्जल ढुङ्गाना, नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत मृगेन्द्र नाथ रिमाल र क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत प्रताप मान श्रेष्ठ रहेका छन् ।
प्रतिक्रिया दिनुहोस्