काठमाडौँ । नेपाल पुनर्बीमा कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सिइओ) का लागि ५ जनाको नाम छनोट भएको छ ।
कम्पनीको प्रमुख कार्यकारी अधिकृत छनौट तथा सिफारिस समितिले समितिले दामोदर भण्डारी, नारायण कुमार भट्टराई, बुद्ध काजी श्रेष्ठ, श्रीमान कार्की र सुरेन्द्र थापाको नाम छनोट गरेको हो ।
छनोटमा परेका उम्मेदवारहरुको व्यावसायिक कार्ययोजनाको प्रस्तुतीकरण र अन्तर्वार्ताका लागि जेठ ११ गते बोलाएको छ ।
नेपाल पुनर्बीमा कम्पनीको सीईओको लागि ७ जनाले आवेदन दिएका थिए ।
प्रतिक्रिया दिनुहोस्