डुबान रोक्न कोशीको ढोका खोल्ने विषयमा दुवै देशबीच समन्वय गर्न जरुरीः महानिरीक्षक अर्याल


काठमाडाैँ । सशस्त्र प्रहरी बल,नेपालका प्रहरी महानिरीक्षक राजु अर्यालले मनसुनजन्य डुबान रोक्नको लागि कोशीको ढोका खोल्ने विषयमा नेपाल-भारतबिच समन्वय गर्न जरुरी रहेको बताएका छन् ।

सोमवार सिंहदरबारस्थित गृह मन्त्रालयमा मनसुन सम्बन्धि विपद् जोखिम सम्बन्धि सरोकारवालहरूसँगको छलफलमा बोल्दै महानिरीक्षक अर्यालले यस्तो बताएका हुन् ।

उनले सिंचाई, स्वास्थ्य र परराष्ट्र सचिवस्तरीय दुवै देशबिच समन्वय गरी कोशीमा ३ मिली क्युसेक भन्दा माथि पानी पुगेपछि कोशीको ढोका खोल्ने गरी समझदारी समयमा नै गर्नु जरुरी रहेको बताए ।

उनले दुवै देशबिच कोशी ब्यारेजको ढोका खोल्ने समझदारी नहुँदा तराईमा धेरै डुबानमा परेर मानिसहरूले ज्यान गुमाउनुपर्ने अवस्था आएको उल्लेख गरे।

महानिरीक्षक अर्यालले त्यसको समन्वय परराष्ट्र मन्त्रालयले गर्न आवश्यक रहेको बताउँदै बाढी पहिरो जस्ता जोखिमको उद्धारको लागि हेबी इक्युमेण्टहरू सरकारसँग भएपनि सुरक्षा निकायहरूसँग जोडिन नहुने बताए ।