सरकारले ल्याएको बजेट सन्तुलित र संयमित छः विनोद चौधरी


काठमाडाैँ ।नेपाली काँग्रेसका सांसद विनोद चौधरीले सरकारले ल्याएको बजेट सन्तुलित र संयमित रहेको प्रतिक्रिया दिएका छन् ।

मंगलवार संसद भवन बाहिर सञ्चारकर्मीहरूसँग प्रतिक्रिया दिँदै यस्तो बताएका हुन् । उनले अर्थतन्त्र कठिन परिस्थितिमा गुज्रिरहेको बेलामा मुलुकको राजश्व उठ्ने आधार नभएको अवस्थामा मुलुकले धान्न नसक्ने बजेट आउने चिन्ता भएपनि त्यस्तो नभएको बताए ।

उनले सरकारले राखेको पाँच प्राथमिकता क्षेत्र मध्ये आइटीलाई बजेट अनुसार कार्यान्वयन गर्नसक्दा युवाहरुलाई रोजगारी र आर्थिक गतिविधिमा सहभागिता गराउन सक्ने आधार रहेको बताए ।

उनले सरकारले सय सैयाका अस्पतालहरुलाई नर्सिङ क्याम्पस बनाउने कुरालाई सुखद् मान्न सकिने बताए । उनले मुलुकमा युवा रोक्नको लागि सहजता प्रदान गर्ने विश्वास व्यक्त गरे ।