गणतन्त्ररुपी गाडीको तेल सकिसक्यो, गन्तव्यमा पुग्दैनः सांसद पाण्डे


काठमाडाैँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद विक्रम पाण्डेले राष्ट्रिय सरकार बनाउनुपर्ने धारणा राखेका छन् । मंगलवार प्रतिनिधि सभा बैठकमा विशेष समयमा बोल्दै सांसद पाण्डेले गणतान्त्रिक व्यवस्थाले गन्तव्यमा पु¥याउन नसक्ने भन्दै राष्ट्रिय सरकार गठन गरेर अघि बढ्नुपर्ने बताएका हुन् ।

उनले गणतन्त्ररुपी गाडीको तेल सकिइसकेकाले गन्तव्यमा पुग्न नसक्ने टिप्पणी गरे । बजेट वक्तव्य माछो माछो भ्यागुतो जस्तो हुने टिप्पणी गरे । गणतन्त्रको विकल्प खोजेर अगाडी बढेमात्रै देशलाई समस्याबाट मुक्त गर्न सकिने उनको भनाई छ । 

उनले बजेटमा उल्लेख गरिएका कुराहरु पुरा नहुने बताए ।