संविधान संशोधन गर्न आवश्यक छः प्रकाशशरण महत


काठमाडाैँ । नेपाली काँग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले संविधान संशोधन गर्न आवश्यक रहेको बताएका छन् ।

बिहीवार काठमाडौंमा आयोजित लैङ्गिक समानता अभिवृद्धिका लागि नेपाल महिला संघको भावी कार्ययोजना निर्माण विषयक कार्यशाला गोष्ठीलाई सम्बोधन गर्दै उनले पार्टी सभापति शेरबहादुर देउवाले अधिवेशनमा संविधान संशोधनको विषयमा प्रवेश गराइसक्नुभएको उल्लेख गर्दै समावेशिता, समानुपातिकता प्रत्यक्ष निर्वाचनबाटै हुनुपर्ने बताए ।

राष्ट्रिय सहमति जुटाइ काँग्रेसले सो बाटोमा अभियान छेड्नुपर्ने बताउनु भयो । उहाँले एक तिहाई निर्वाचन क्षेत्रमा महिला मात्रै उम्मेदवार हुने व्यवस्था राख्नुपर्ने उनले उल्लेख गरे । 

प्रवक्ता महतले संविधानमा रहेको निर्वाचन पद्धतिलाई संशोधन गर्ने समय आएको बताउनु भयो । नेपालको आर्थिक, सामाजिक, राजनीतिक विकास नेपाली काँग्रेसको नेतृत्वमा हुनुपर्ने बताए । वर्तमान सरकारको अवस्था बेहाल रहेको उनकाे भनाइ छ ।