मौद्रिक नीति आज सार्वजनिक नहुने


काठमाडौँ । चालु आर्थिक वर्षका लागि आज शुक्रबार ल्याउने तयारी भएको मौद्रिक नीति आज सार्वजनिक नहुने भएको छ । तयारी नपुगेको भन्दै आजको लागि तय भएको मौद्रिक निती रोकिएको हो ।

मौद्रिक नीति सार्वजनिक गर्न आज बिहान सञ्चालक समितिको बैठक बोलाइएको थियो। सञ्चालक समितिमा मौद्रिक नीतिबारे छलफल गर्ने समय कम भएकाले तत्काललाई रोकिएको स्रोतले जनाएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीका प्रमुख आर्थिक सल्लाहकार डा. युवराज खतिवडालाई मौद्रिक नीतिबारे ब्रिफिङ गर्नु परेका कारण आज मौद्रिक नीति सर्वाजनिक नहुने बताइएको छ।