खेलकुद अन्तर्राष्ट्रिय स्तरमा पहिचानको उत्तम माध्यम हो: राष्ट्रपति पौडेल


काठमाडौँ ।राष्ट्रपति रामचन्द्र पौडेलले खेलकुद राष्ट्रलाई अन्तर्राष्ट्रिय स्तरमा पहिचान गराउन उपयुक्त माध्यम रहेको बताएका छन्।

फ्रान्सको पेरिस शहरमा हुने ३३ औं गृष्मकालिन ओलम्पिकमा सहभागी हुने नेपाली टोलीको बिदाई कार्यक्रममा राष्ट्रपति पौडेलले उक्त धारणा राखेका हुन् ।

राष्ट्रपति भवन शीतल निवासमा शुक्रवार आयोजित कार्यक्रममा उनले उँचो मनोबल लिएर ओलम्पिकमा जान आग्रह गर्दै विश्वमाझ नेपालको नाम राख्ने अवसरको रूपमा खेलाडीले प्रतिष्पर्धा गर्ने विश्वास व्यक्त गरे। राष्ट्रपति पौडलले दृढ संकल्प र अठोटका नेपाली खेलाडीले प्रतिष्पर्धा गर्नेमा आफू आशावादी रहेको बताए ।

सो अवसरमा राष्ट्रपति पौडेलले पेरिस ओलम्पिकका लागि नेपाली टोलीका सेभ दी मिसन समेत रहेका राष्ट्रिय खेलकुद परिषद् ९राखेप० सदस्यसचिव टंकलाल घिसिङलाई झण्डा हस्तान्तरण गर्दै बिदाइ गरे ।

कार्यक्रममा युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले नेपाल र नेपालीको शीर उँचो राख्ने उद्देश्यसहित नेपाली टोलीको भावनाअनुरूप खेल्न शुभकामना दिए ।

आगामी जुलाई २२ देखि अगस्ट ११ सम्म पेरिस शहरमा ओलम्पिक हुँदैछ । सोही ओलम्पिकमा नेपालको तर्फबाट ६ खेलका सात खेलाडीले प्रतिष्पर्धा गर्दैछन् ।