काठमाडौँ । लायन्स क्लबले समाजका विभिन्न क्षेत्रमा योगदान गरेका व्यक्तित्वहरूलाई सम्मान गर्ने उद्देश्यले आउँदो शनिबार लायन्स कर्पोरेट सोसियल अवार्ड प्रदान गर्ने भएको छ ।
विभिन्न वर्ग, पेशा र क्षेत्रमा रहेर समाजका लागि सकारात्मक योगदान गर्ने व्यक्तित्वहरूलाई विगत तीन वर्षदेखि यो अवार्ड प्रदान गर्दै आएको लायन्स क्लब अफ काठमाडौँ कर्पोरेट नेपालले जानकारी दिएको छ ।
“समाजमा व्याप्त निराशालाई चिर्दै सकारात्मक काममार्फत समाज र देश तथा समग्र मानवजातीलाई नै सकारात्मक ऊर्जा दिने व्यक्तित्वहरूलाई सम्मानित गर्ने अभियानअन्तर्गत अवार्डको चौथो शृंखला आयोजना गर्न लागिएको हाे,” लायन्स क्लबद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।
लायन्स क्लब अफ काठमाडौँ करपोरेट नेपालका अध्यक्ष लायन रमेशप्रसाद रुपाखेती देशमा केही भएन भन्ने सोचका कारण व्याप्क निराशाले पूरा समाजलाई गाँजिरहेका बेला यहींभित्र भएका सकारात्मक कामलाई प्रोत्साहन गर्ने लायन्स क्लबको उद्देश्य रहेकाे बताए ।
प्रतिक्रिया दिनुहोस्