साना डिजिटल कारोबार निशुल्क गर्न सम्बन्धित अधिकारीसँग छलफल गर्दै प्रधानमन्त्री ओली


काठमाडौं । सरकारले डिजिटल भुक्तानीलाई प्रवर्द्धन गर्ने भनेपनि डिजिटल कारोबारमा कारोबार संख्याका आधारमा थप शुल्क लाग्ने प्रावधान आएपछि यसको चौतर्फी विरोध भइरहेको छ । यसै सन्दर्भमा प्रधानमन्त्री केपी शर्मा ओलीले साना डिजिटल कारोबार गर्दा निःशुल्क गर्ने विषयमा सम्बन्धित अधिकारीसँग छलफल भइरहेको बताएका छन् ।

सामाजिक सञ्जालमार्फत उनले मोबाइल बैङ्किङ ट्रान्सफर गर्दा लाग्ने गरेको अतिरिक्त चार्जबारे सुझावहरू आइरहेको उल्लेख गर्दै यसप्रति सरकारको ध्यानाकर्षण भएको बताएका हुन् ।

उनले लेखेका छन्, “साना डिजिटल कारोबार गर्दा निःशुल्क गर्ने विषयमा म सम्बन्धित अधिकारीसँग छलफल गर्दै छु । तपाईँहरूका समस्या सरकारलाई यसरी नै जानकारी गराउनु होला ।”