असोज १७ गतेदेखि प्रथम नेपाल एप्पल फेस्ट २०२४ हुने,५० मेट्रिक टन स्याउ प्रदर्शनमा राखिने


काठमाडौं । आगामी असोज १७ गतेदेखि प्रथम नेपाल एप्पल फेस्ट २००२४ ९स्याउ मेला २०८१० हुने भएको छ । होटल मनाङ, ठमेलको सहकार्यमा किसान भेन्चरले आयोजना गर्न लागेको महोत्सव असोज १७ देखि १९ गतेसम्म तीन दिनसम्म चल्नेछ ।

नेपाल एप्पल फेस्ट २०२४ को उ‌द्देश्य नेपालमा स्याउ खेतीको समृद्ध विरासतलाई प्रोत्साहन गर्नु, विभिन्न प्रजातिका स्याउको प्रदर्शन एवं नेपालमा नेपाल एप्पल फेस्ट २०२४ को उ‌द्देश्य नेपालमा स्याउ खेतीको समृद्ध विरासतलाई प्रोत्साहन गर्नु विभिन्न प्रजातिका स्याउको प्रदर्शन एवं नेपालमा कृषिको सम्भावनालाई प्रवर्द्धन गर्नु रहेको आयोजकले जनाएको छ।

महोत्सवमा स्याउ उत्पादनदेखि बजारसम्म पुर्याउन कृषकले भोग्नुपरेका चुनौतीहरुको उजागर गर्नुका साथै स्थानीय किसानसँग स्याउ खरिद गरेर उपभोक्ता, आपूर्तिकर्ता र उ‌द्योग विशेषज्ञसँग सिधा सम्पर्क बनाउनु यस कार्यक्रमको मुख्य उ‌द्देश्य रहेको आयोजकले जनाएको छ । स्थानीय रुपमा उत्पादन गरिएको स्याउको बारेमा ग्राहकालाई जानकारी दिई स्वस्थ स्याउ छनोट गर्न सहयोग पुर्याउने विश्वास आयोजकको रहेको छ।

यसअघि नेपाली उत्पादनलाई समर्थन गर्न र ताजा तथा स्वस्थ ऑपली वाट बॉइन गत असार पहिलो साता किसान भेन्चरको आयोजनामा प्रथम औप मेश भएकोमा त्यसपश्चात् आयोजना गरिएको यो दोस्रो कार्यक्रम हो भने नेपालमा पहिलो पटक स्थानीय उत्पादनलाई प्रोत्साहन गर्न स्याउ महोत्सव गर्न लागिएको हो ।

महोत्सवमा जुम्ला, हुम्ला, बाजुरा, मनाङ, मुस्ताङ, जाजरकोटसहित विशिन्नर जिल्लाबाट ल्याइएका ५० मेट्रिक टन स्याउ प्रदर्शनमा राखी बिक्री गरिनेछ । गाय फुजी, रेड डेलिसियस र गोल्डेन स्याउका एप्पल स्मुथ एप्पल पानीपुरी एप्पल नेसन मिन्ट मनाङ एप्पल सलाद, एप्पल चिकेन विथ राइस, एप्पल पनिर विlथ राष्ट्रस एप्पন पाई, एप्पल टार्ट, एप्पल आइसक्रिम, एप्पल केकलगायत ११ भन्दा बढी परिकारहरुको स्वाद प्रदर्शनीस्थलमा चाख पाइने आयोजकले जनाएको छ ।