३५ जिल्लाका ३० लाख किसानले भुक्तानी पाए, उखु किसानलाई अनुदान र बिमा रकम भुक्तानी


काठमाडौँ । लामो समयदेखि भुक्तानी नपाएर समस्यामा रहेका ३५ जिल्लाका ३० लाखभन्दा बढी किसानहरूले बितेको एक सय दिनमा भुक्तानी पाएका छन्।

सिंहदरबाबाट सम्बोधनमार्फत सरकारको सय दिनको उलपब्धि सार्वजनिक गर्दै प्रधानमन्त्री ओलीले सरकारले करिब १५ लाख दुग्ध किसानलाई ६० करोड रुपैयाँ भुक्तानी गरेको र करिब ७५ हजार उखु किसानहरूले पनि अनुदान वापतको रकम पाइसकेका बताए ।

साथै, कृषिबाली र पशुधन बिमामा समावेश हजारौं कृषकहरूको बिमा रकम भुक्तानीका लागि ८० करोड रुपैयाँ निकासा गरिएको उनले जानकारी दिए ।हिउँदे बालीका लागि आवश्यक रासायनिक मलको व्यवस्था गरिसकिएको ओलीले बताए ।